बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद आकाश मेमोरियल क्यापस सञ्चालनमा आउने भएको छ । १६ असोजमा यहाँ पत्रकार सम्मेलन गर्दै सहिद एकनाथ सुवेदी (आकाश) स्मृती प्रतिष्ठानले क्यापस सञ्चालनमा आउन लागेको जानकारी दिएको हो ।
क्यापस सञ्चालक समितिका अध्यक्ष विजय गौतमले यसै शैक्षिक सत्रबाट चार वर्षे स्नातक ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी (बीआइटी) र ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) गरी दुईवटा विषयको अध्यापन सुरु गर्न लागिएको बताए । टेक्निकल विषय पढ्नका लागि विदेश जाने लहर बढेकोले सो क्रमलाई कमी ल्याउने उद्देश्यले क्याम्पसले भविष्यमासमेत अन्य टेक्निकल विषयमा अध्यापन गराउने लक्ष्य राखेको अध्यक्ष गौतमले बताए । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले चार वर्षे बीआइटीका लागि ५ लाख ३५ हजार रुपैयाँ र बीबीए कोर्सका लागि ४ लाख २५ हजार रुपैयाँ शुल्क तोकेको उनले बताए ।
क्याम्पसले लक्षित वर्गका लागि दश प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था मिलाएको जानकारी दिएको छ । क्याम्पस हेटौंडा–५ स्थित रिलायन्स स्कुलको भवनमा सञ्चालनमा आउन लागेको हो । क्याम्पसको आजै बसेको सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा दिनेश सुवेदीलाई नियुक्त गरेको अध्यक्ष गौतमले बताए ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्