बागमती प्रदेशको राजधानी जिल्ला रहेको मकवानपुरमा प्रहरीले चाडपवर्व लक्षित सुरक्षा योजना निर्माण गरेको छ । चाडपर्वमा हुने अपराध, दुर्घटना तथा ठगी नियन्त्रणको लागि मकवानपुरले जिल्लाको चार स्थानमा “हेल्प डेक्स” स्थापना गरेर प्रहरी निरिक्षकको कमाण्डमा १५ जनाको विशेष स्ट्राईकिङ टोली निर्माण गरेर काम अघि बढाएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए । प्रहरीले मकवानपुरभरी ६४ जनाको क्विक रेस्पोन्स टिम (क्युआरटी) समेत निर्माण गरेको छ ।
चाडपर्वको समयमा यात्रुहरुलाई सहजताको लागि हेटौँडाको पिपलबोट, बसपार्क, रातोमाटे र थानाभर्याङमा साहायता कक्षा निर्माण गरेर आजैबाट सेवा थालनी गरेको एसपी रिजालको भनाई छ ।चाडपर्वको समयमा हुन सक्ने ठगी, जुवातास, झै–झगडा, लुटपाट, चोरी, डकैती, गुण्डागर्दीलाई नियन्त्रण तथा निरुत्साहित पार्न ईलाका प्रहरी कार्यालयहरु समेतबाट सादा पोशाकमा प्रहरी परिचालन गरी खवर संकलनको व्यवस्था मिलाउने प्रहरीको तयारी रहेको छ ।



















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्