उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिकामा कार्यरत कर्मचारीहरूले पेन डाउन गरेका छन् । संघीय निजामती सेवा ऎन विरोधमा चौदण्डिगढी नगरपालिका १० वटै वडाका कर्मचारीहरूले पेन डाउन गरेका हुन ।
स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको निर्णय अनुसार आज देखि लागु हुने गरी अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्द गरी अनिश्चितकालिन रुपमा पेन डाउन गरिएको सङ्घर्ष समितिका चौदण्डिगढी नगरपालिका संयोजक पुष्प सपकोटाले जानकारी दिनु भयो ।
बिरोध प्रदर्शनका लागि काठमाण्डौमा सञ्चालन भइरहेको दबाबमूलक कार्यक्रममा सहभागी हुन नसकेका स्थानीय तहका कर्मचारीहरूले आफु कार्यरत स्थानीय तहमा नारा सहितको कालो ब्यानरको साथमा धर्ना बसेर दबाब सिर्जना गरेको सापकोटाको भनाई छ ।
पालिका प्रेस
थप जानकारी