मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ मा पूर्ण अपाङ्गता भएका उमेश स्याङ्तानलाई नागरिकता सिफारिस गरिएको छ । १२ नम्बर वडाका कार्यवाहक वडा अध्यक्ष युवराज जिम्बाले स्याङ्तानलाई घरैमा पुगेर नागरिकताका लागि सिफारिस गरेका हुन् ।

थाहा १२ लितीमा रहेको उमेशको घरैमा पुगेर उनका बाबु काले स्याङ्तान भेटी नागरिकता सिफारिस गरिएको कार्यवाहक अध्यक्ष जिम्बाले जानकारी दिए । जिम्बाले सकेसम्म जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेर घरमै नागरिकता प्रदान गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेका बताए । वडाले यसअघि पनि अशक्त अपांग तथा आर्थिक स्थिती कमजोर भएकाहरुको घटनादर्ता घरमै पुगेर प्रदान गर्दै आइरहेको कार्यवाहक अध्यक्ष युवराज जिम्बाले बताए । उनले अशक्त र अपांग तथा असाहायहरुको वडाको कामकाज घरमै पुगी गरिदिने गरेको अनुभव सुनाए ।

यसअघि कार्यवहाक वडाध्यक्ष जिम्बाले वडा नम्बर १२ झाप्रे काफलडाँडाकी माइली गोलेलाई विधुवा भत्ता लाभग्राही परिचयपत्र घरैमा उपलब्ध गराइएको बताउँदै माइलीको बालबालिकाको जन्मदर्ता पनि घरैमा उपलब्ध गराइएको बताए ।

पालिका प्रेस
थप जानकारी