नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेलाई थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले स्वागत गरेका छन् । नगर कार्यपालिकाको कार्यालयमा नगर प्रमुख विष्टले सरुवा भई आएका वितरण केन्द्र प्रमुख न्यौपानेलाई स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा वितरण केन्द्र प्रमुख माधव न्यौपानेले थाहानगरमा विद्युत नियमित र भरपर्दाे बनाउन मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सो अवसरमा ३३ के भी लाईन र मार्खु तथा फाँटबजार सबस्टेसन संचालनमा आवश्यक सहयोग गर्ने नगर प्रमुख विष्टले बताए । पालिका क्षेत्रको विद्युतीयकरण, स्तरीकरण, लाइन सुधारलगायतको काममा आइपर्ने समस्या र समाधानका लागि नियमित छलफल संबाद गर्ने विष्टले बताए । विद्युत प्राधिकरण र पालिकाबीचको सहकार्यमा धेरै काम गर्न सकिने कार्यालय प्रमुख न्यौपानेले बताए ।
नगरपालिका क्षेत्रमा रहेका काठको पोल हटाई जोखिम न्युनिकरणमा सहयोग पु¥याइ र सेवा भरपर्दाे बनाउन आफू तयार रहेको बताउँदै नगर प्रमुख विष्टले यस कार्यमा सहयोग गर्न प्रमुख न्यौपानेलाई आग्रह गरे । थाहानगरमा काठको पोल मुक्त बनाउने योजना रहेको बताउँदै प्रमुख न्यौपानेले विद्युत वितरण लाईन सुधार गरी विद्युतीय सेवा नियमित र भरपर्दाे बनाउन लागिपर्ने बताए । उनले ३३ केभी लाईन निर्माण गरी दुबै सबस्टेसन संचालनमा सक्रिय रहने बताउँदै नगरपालिकाको सहयोगको अपेक्षा गरेका थिए ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्