दशैको अवसरमा थाहा नगरपालिका वडा नम्बर ५ फुर्केमा थाहा नगरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । थाहा नगरपालिकाको आयोजना तथा ५ नम्बर वडास्तरीय खेलकुद विकास समिती फुर्के बसन्तको व्यवस्थापनमा सौगात स्मृति भलिबल प्रतियोगीता १ कार्तिकबाट शुरु भएको हो ।
प्रतियोगिताको नगरपालिकाका उपप्रमुख भरत गोपालीले एक समारोहकाबीच उद्घाटन गरे । उपप्रमुख भरत गोपालीले प्रतियोगिताले खेलाडी उत्पादन गर्न जोड दिदै अनुशासित भएर प्रतियोगिता खेल्न आग्रह गरे । खेल क्षेत्रमा बजेट अपुग भएको आफुले महसुश गरेको बताउदै आगामी दिनमा समग्र खेलकुदको बिकासमा नगरपालिकाको ध्यानाकर्षण हुने उल्लेख गरे । खेलकुद विकास समिती थाहा ५ का अध्यक्ष पुरुषोत्तम गुरुङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर खेलकुद विकास समिती संयोजक राजकुमार बलामी, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडा नम्बर ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, स्थानीय समाजसेवी ज्योती रायमाझीलगायतकाको आतिथ्यता रहेको थियो । प्रतियोगितामा कुल १९ टिमको सहभागिता छ ।

थाहा नगरपालिका ५ नम्बर खेलकुद बिकास समितिको अनुसार प्रथम हुने टिमले नगद ५१ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने दोस्रो हुने टिमले ३० हजार नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने तेस्रो हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगिता राष्ट्रिय रेफ्री हरिनारायण श्रेष्ठ र प्रादेशिक रेफ्री प्रमोद तिमिल्सिनाले खेलाइरहेका छन । प्रतियोगितामा भाग लिनको लागि सम्बन्धित वडाकै खेलाडी हुनुपर्ने तथा खेलाडीको फोटो र परिचयपत्र पनि अनिवार्य गरिएको आयोजकले जानकारी दिएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्