मकवानपुरको बकैया गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीहरुलाई दसैँ मनाउन ५० हजार रुपैयाँ सहयोग गरेको छ । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेसहितको टोली शुक्रबार कारागार पुगेर कैदीबन्दीलाई दसैँ मनाउनका नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरणका क्रममा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजन दङ्गाल, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेसहितको उपस्थिति रहेको थियो ।
पालिका अध्यक्ष लामिछानेले कैदीबन्दीहरुलाई दसैँ एक आपसमा शुभकामना आदान प्रदान गर्दै खुशीयालीपूर्वक मनाउन सहज होस् भनेर सहयोग प्रदान गरेको बताए । यस्तै राक्सिराङ गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ । यसअघि कैलाश गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई दसैँका लागि खसी र खाद्यान्न उपलब्ध गराएको थियो ।



















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्