मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेल चखेलमा जारी विजया दशमी फुटबल प्रतियोगिताको उपाधी लालिमा युवा क्लवले उचालेको छ। ४ कात्तिकमा भएको फाईनल खेलमा लालिमाले मुनाल युवा क्लवलाई १–२ गोल अन्तरले पछि पार्दै लालिमाले उपाधि हात पारेको हो ।
खेलमा कुलेखानी युवा क्लब तृतिय स्थान हात पारेको छ । देउराली सेवा सामजको आयोजानमा बिजया दशमीको अवसरमा आयोजित फुटबल प्रतियोगिता २०८० संचालन गरिएको प्रतियोगिता १३ टिमको सहभागिता रहेको थियो ।
उपाधिसंगै लालिमाले नगद १ लाख शिल्ड, मेडल र प्रमाण पत्र र उपविजेता मुनालले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाण पत्र र सान्तव्ना हुने समुहले नगद २५ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा उत्कृष्ट गोल,उत्कृष्ट खेलाडी, सर्बाधिक गोल रक्षकलाई शिल्ड, मेडल र प्रमाण प्रत्र सहित सम्मान गरिएको छ ।



















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्