थाहा नगरपालिका वडा नम्बर ५ फुर्केमा बिजया दशमीको अवसर पारेर आयोजित थाहा नगरपालिका स्तरीय भलिबल प्रतियोगिताको विजेता टिमलाई २ नम्बर वडा कार्यालयले सम्मान गरेको छ । ५ कात्तिकमा वडा कार्यालयमा आयोजित कार्यक्रममा सोल्टु युवा क्लबमा आवद्ध खेलाडीहरुलाई सम्मान गरेको हो ।
सोल्टु युवा क्लबले ४ कात्तिकमा खेलकुद विकास समिति वडा नम्बर ६ लाई पराजित गर्दै उपाधी चुमेको थियो । बिजेता खेलाडीहरु राम कार्की, सुसान्त थापा, उज्वल तामाङ, कुशल लामा, रुपक कार्की, सागर लामा, मनिष तामाङ, प्रवेश कार्की, दिपेन्द्र बस्नेत तथा कोचहरु सुजन बस्नेत र बिजय थापाका साथै टिम म्यानेजर द्वय वीर बहादुर लामा र अमिर कार्कीलाई सम्मान गरिएको हो ।
खेलाडी तथा अफिसियललाई वडा अध्यक्ष बम बहादुर सिन्तान र जनप्रतिनिधि हरुले सम्मानपत्र सहित सम्मानित गरेको हो ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्