जनता संग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत ११ कात्तिकमा नेकपा ामोवादी केन्द्रको थाहा नगरपालिका वडा नम्बर ६ स्तरीय पार्टीको वडा भेला र वाइसीएलको वडा भेला भएको छ ।

भेलाले प्रताप रुम्बाको अध्यक्षतामा २९ सदस्यीय नेकपा माओवादी केन्द्रको ६ नम्बर वडा कमिटी समेत गठन गरेको छ। कमिटिको उपाध्यक्षमा नवराज उप्रेती सचीव ईश्वर महर्जन, कोषाध्यक्ष अन्जु बलामी रहेका छन् भने राजु महर्जनको अध्यक्षतामा १७ सदस्यीय वाइसीएल वडा कमिटी समेत गठन गरिएको प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । १७ सदस्यीय वाइसीएल कमिटिको उपाध्यक्षमा सन्तलाल रुम्बा, सचीव सन्दिप भक्त श्रेष्ठ कोषाध्यक्ष सुजल रुम्बा रहेका छन ।

अभियानका थाहा इन्चार्ज तथा उपत्यका बिशेष प्रदेशका उपाध्यक्ष प्रकाशचन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा माओवादी केन्द्र थाहानगर अध्यक्ष विनोद कुमार लामा, बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी, वाइसीएल नगर अध्यक्ष मानसिं दोङ, जिल्ला समन्वय सदस्य तथा ६ नम्बर वडा इन्चार्ज कृष्ण कार्की लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।

पालिका प्रेस
थप जानकारी