मकवानपुरको थाहा नगरपालिकामा नेपाल जेसीज अन्तरगतका शाखा कोषध्यक्षहरुको फेलोसिप मिट हुने भएको छ । फेलोससिप मिट पालुङ जेसीजले आयोजना गर्ने भएको हो । आगामी कात्तिक १७ र १८ गते थाहा नगरपालिका वडा नंम्बर २ फाँटबजारमा रहेको ‘डाँडाँघरे बाको होमस्टे’ मा फेलोसिप मिट हुने भएको हो ।
फेलोसिप मिट मकवानपुर जिल्लमा रहेका ८ वटा शाखाको सहआयोजना रहने पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्कीले जानकारी दिए । मकवानपुरमा पालुङ जेसीजको साथै, हेटौंडा जेसीज, हेटौंडा लेडी जेसीज, बसामाडी जेसीज, बस्तीपुर जेसीज, बकैया जेसीज, मकवानपुरगढी जेसीज, चैनपुर जेसीज क्रियाशिल छन् । कोषाध्यक्ष कार्कीका अनुसार फेलोसिप मिटमा नेपाल जेसीज अन्तरगत १ सय ७८ वटा शाखाका कोषाध्यक्षहरु लगायत शाखाका पदाधिकारीहरु र नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता हुनेछ ।
कार्यक्रमका लागि हालसम्म ५० जना भन्दा बढीको रजिष्ट्रेसन भईसकेको कोषाध्यक्ष कार्कीले जानकारी दिए । कार्यक्रममा मकवानपुरको र थाहा नगरको पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराईनुका साथै थाहा नगरको अध्ययन अवलोकन गराईने भएको छ । थाहानगरको पर्यटन प्रवद्र्धनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए । कार्यक्रमकै अवसरमा चित्लाङमा प्याराग्लाईडिङ, पालुङ आग्रा पदयात्रा, कुलेखानी ईन्द्रसरोवरमा बोटिङ गर्न सकिने पनि आयोजक पालुङ जेसिजले जनाएको छ ।




















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्