नागरिक एपमा अट्याच भएको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)लाई प्रमाणका रुपमा मान्यता दिन थालिएको छ । ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै देखाएको ड्राइभिङ लाइसेन्सलाई मान्यता दिन थालिएको हो ।
यो सेवा देशैभर लागू भएको नागरिक एप हेल्प डेस्कले जनाएको छ । नागरिक एपले भनेको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौँ ।’
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले भने, ‘सामान्य अवस्थामा ड्राइभिङ लाइसेन्स भएको व्यक्ति हो वा होइन भनेर प्रमाणित गर्न नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा मान्य हुन्छ । तर, ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा सक्कल ड्राइभिङ लाइसेन्स नै चाहिन्छ ।’
प्रहरी प्रधान कार्यालयले मातहतका ट्राफिक कार्यालयहरूलाई यसबारेमा परिपत्र गरिसकेको केन्द्रको जनाएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले पनि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिङ्क गर्न चालकहरूलाई अनुरोध गरेको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्