नेपाल रेडक्रस उपशाखा दामनको आयोजनामा शुभकामना आर्दान प्रदान कार्यक्रम भएको छ । विकास घर शिखरकोटमा १७ कात्तिकमा एक कार्यक्रमको आयोजना गरी विजयादशमी, दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको हो ।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दामन रेडक्रसका संस्भापक सभापति ज्योति रायमाझीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझी, ४ नम्बर वडाध्यक्ष नारायण लामा, दामन रेडक्रसका पूर्व सभापतिहरु अरुण रायमाझी, कृष्ण बहादुर विष्ट, बिमलकुमार विष्ट, मधुसुदन रायमाझी, राप्रपा थाहानगर एमाले थाहानगरका युवा नेता सुमन रायमाझी, माओवादी थाहानगरमा राजीव कुमार स्याङ्तान, उपाध्यक्ष राधेश्याम रायमाझी, पालुङ जेसिज वर्ष २०२३ का अध्यक्ष संगम कार्की, सिताराम ज्येष्ठ नागरिक दिवासेवा केन्द्रका अध्यक्ष ईश्वर कार्कीलगायत स्थानीय संघसंस्थाका पदाअधिकारीहरुको आतिथ्यता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी दामनका सभापति मनश्याम बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रमका सहभागि तथा अतिथीहरुलाई उपसभापति गिता कार्कीले स्वागत गरिन् । कार्यक्रममा राजनीतिक दल, संघसंस्था, स्थानीय सवाजसेवी, रेडक्रसका आजिवन सदस्यहरुलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्