काठमाडौंमा हुने सातौं दक्षिण एशियाली कराँते च्याम्पियनसिप प्रतियोगिताको प्रदेश छनौट प्रतियोगितामा थाहा नगरपालिकाको चित्लाङ डोजोका पाँच खेलाडीले सहभागिता जनाउने भएका छन । २८ नोभेम्बरबाट प्रतियोगिता हुने भएको हो ।

डोजोका रोशन बलामीका अनुसार प्रदेश छनौट प्रतियोगितामा चित्लाङ डोजोका संजय गोले, सुशील रुम्बा, इनेश बलामी, सुशान्त वाइवा र प्रेरणा गोलेले सहभागिता जनाउने छन् ।

सातदोबाटो ललितपुरमा १९ कात्तिकबाट सुरुहुने छनौट प्रतियोगितामा मकवानपुरबाट ११ जना खेलाडीले सहभागिता जनाउदै छन् ।

पालिका प्रेस
थप जानकारी