भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा बस्न नपाउने भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।
जाजरकोटको बारेकोट गाउँपालिका-१ स्थित रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यान सहित जिल्लाका क्षेत्रमा धेरै जनधनको क्षति भएको मन्त्रालयले बताएको छ ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्