बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पस्चिममा भुकम्प पीडितका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सरकारका प्रवक्ता उबम प्रदेशका आन्तिरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठका अनुसार भुकम्प पीडितका लागि यो रकम उपलब्ध गराउने भएको हो ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ जना पुगेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७ गरी एक सय २९ जनाले ज्यान गुमाएका हुन् । भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् ।

जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । उक्त भुकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पिडितहरुको लागी राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकार मार्फत वितरण गर्ने भएको हो ।

 

पालिका प्रेस
थप जानकारी