हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा भएका कामको वार्षिक समिक्षा भएको छ । ३० कार्तिकमा भएको समिक्षा कार्यक्रमको अध्यक्षता ग्रहणगर्दै नगर प्रमुख मिनाकुमारी लामाले जनतालाई समस्यामा नपारी सेवा दिन निर्देशन दिइन् । उनले जनतालाई दुःख नहुने गरी सेवा प्रदान गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएको बताइन् । स्थानीय तहले अघिल्लो आर्थिक वर्षको समीक्षा अर्को आर्थिक वर्षको कार्तिक मसान्तसम्म गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

वडातहको सरकारलाई बलियो बनाउँदै उपमहानगरले जनताले सहजै सरकारको अनुभुती दिलाउने काम गरेको भन्दै उनले कुनै पनि अवस्थामा जनतलाई निरास नबनाई सेवा दिन सुझाइन् । नगर प्रमुखलामाले वडा अध्यक्ष र उपमहानगरका कर्मचारीहरुलाई नगरबासीको हरेक समस्या समाधान गर्दै उनीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन निर्देशन दिइन् । लामाले कर्मचारीहरुलाई उपमहानगरमा काम लिएर आएका नगरबासीको कामहरु समयमै सक्नु पर्नेमा जोड दिइन् । उपमहानगरबाट प्रदान हुने सबै प्रकारका सेवामा गुणस्तरीय काम हुनुपर्ने लामाले बताएकी छन् । हाम्रो कामबाट कसैले पनि औंला उठाउन नसक्ने गरी एक अर्कामा समन्वय गरेर नमुना उपमहानगरको रुपमा स्थापित हुनुपर्ने उनको भनाई छ ।
सामाजिक विकासतर्फ महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले समाज कल्याण, आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धनबारे प्रस्तुतीकरण गरेका थिए । वन वाताबरण बिपद् व्यवस्थापन महाशाखा तर्फको सुचना अधिकारी भानुभक्त थपलियाले विपद् प्रतिकार्य, फोहोरमैला व्यवस्थापन र वातावरणबारे प्रस्तुतिकरण गरेका थिए । महिला तथा बालबालिका विकासतर्फ भएका कामको बारेमा संगिता उप्रेतीले प्रस्तुती गरेकी थिइन् ।

पूर्वाधार विकासतर्फ इन्जिनियर सुबोधकुमार थापाले शहरी पूर्वाधार विकास, योजना कार्यान्वयन तथा सार्वजनिक निर्माण शाखा, भवन इजाजत तथा मापदण्ड कार्यान्वयन शाखा र भुमी इकाईबाट भएका काम कारबाही बारे जानकारी दिएका थिए । शिक्षा विकासतर्फको शाखा अधिकृत हरीचन्द्र सापकोटाले शिक्षा तर्फ गरेका कामको बारेमा प्रस्तुति गरेका थिए । उपमहानगरका बिभिन्न वडाहरुले गरेका कामको बारेमा बडा सचिबहरुले प्रस्तुति करण गरेका थिए ।

समिक्षा कार्यक्रममा उपप्रमुख राजेश बानिया“, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, उपमहानगरका बिभिन्न वडाका अध्यक्ष तथा सचिबहरु, बिभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी