मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । सार्वजनिक भएको नामावली अनुसार, २ मंसिरमा वडाध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये उम्मेदवारी दिएका २ जनाले ५ मंसिरमा मनोनयन फिर्ता लिएका छन् ।

उमेद्वाद्वारी फिर्ता लिनेहरुमा युनेश लामा स्याङ्तान र कुमार पोखरेल छन् । उनीहरु दुबै जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्तापछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली सार्वजनिक गरेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् । उनले दिएको जानकारी अनुसार, वडाध्यक्ष पदमा राजनीतिक दलको तर्फबाट ९ जना र स्वतन्त्र तर्फबाट ३ जना गरी १२ जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसको तर्फबाट अर्जुन प्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रको तर्फबाट रविन प्रधान, राप्रपाको तर्फबाट प्रेमबहादुर भ्लोन लामा, नेकपा एकीकृत समाजवादीको तर्फबाट बलराम बलको अन्तिम नामावली प्रकाशनमा उल्लेख छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आशाबीर बल, नेमकिपाबाट फुलमाया तितुङ र जसपाबाट छबिलाल वाईबा र दीपा लामाले मनोनयन दर्ता गराएका छन् भने स्वतन्त्र तर्फ अर्जुन घलान, गीता कुमारी नेवार र छत्रप्रकाश अधिकारीले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।

पालिका प्रेस
थप जानकारी