बागमती प्रदेशको ६ मंसिरमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
सो बैठकले प्रदेशमा सरुवा भई आएका निजामति सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ । बैठकले प्रदेशको विभिन्न मन्त्रालयमा रिक्त रहेका सचिव पदमा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी (अधिकृत) लाई खटाउने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।
यस्तै, बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली, २०८१ लाई स्वीकृत प्रदान गर्ने र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) गरेको नियमावली २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिए ।
यसैगरी, बैठकले एसियाली विकास बैंक एडिबिको ऋण सहयोगमा संचालन हुने कार्यक्रमका लागि सहमति प्रदान गर्ने र सो कार्यक्रमका लागिग हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि तोकी पठाउने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस्