बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।
प्रदेश सभाका सदस्यहरू क्रमशः ईश्वर सापकोटा, सृजना सैजु र रत्नप्रसाद ढकालले सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमा ल्याइएको रकमको खर्च कटौती गरियोस् भनी ल्याइएको प्रस्तावलाई सो बैठकको बहुमतले अस्वीकृत गर्यो ।
साथै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री तामाङले प्रदेश आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । प्रदेश आर्थिक विधेयक २०८३ को सैद्धान्तिक पक्षमा मात्र छलफल गरिएको थियो ।
विधेयकमाथि सृजना सैजु, रत्नप्रसाद ढकाल र नुरज बज्राचार्यले छलफलमा सहभागी हुँदै सरकारले यातायात क्षेत्रका उपभोक्ताहरूलाई लाइन्सेस नवीकरणलगायत अन्य सेवा लिन बढी करको भार थपिने भएकाले सो प्रक्रियालाई संशोधन हुनुपर्ने सुझाव दिए ।
त्यस अवसरमा मन्त्री तामाङले छलफलमा उठेको प्रश्नहरूको जवाफ दिनुहुँदै राज्य सञ्चालन गर्न कानुनसम्मत करको दायरा हेरफेर गर्न र केही रकम बढाउन सकिने भएकाले सर्वसाधारण नागरिकलाई सेवा विस्तारमा थप सुविधा उपलब्ध गराइने बताए ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलगायत विभिन्न मन्त्रीले विभिन्न मन्त्रालयका विषयमा छलफल उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका थिए ।


















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्