मकवानपुर जिल्ला कराँते महासंघको आयोजनामा हेटौंडामा भएको जिल्ला स्तरीय कराँते च्याम्पियनसिप प्रतियोगितामा थाहा नगरपालिका चित्लाङका खेलाडिहरुले ७ स्वर्ण पदक सहित प्रतियोगितामा टिम च्याम्पियन हुँदै उपाधी उचालेको छ । थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानले दिएको जानकारी अनुसार थाहाका खेलाडिहरुले सात स्वर्ण,तीन रजत र एक कास्य पदक सहित जिल्ला प्रथम हुन सफल भएको हो।
प्रतियोगितामा चित्लाङका खेलाडिहरु भुमिका बलामीले महिला काँता तर्फ स्वर्ण पदक हात पारिन भने पुरुष तर्फ इनेश बलामीले एक कास्य पदक प्राप्त गरे तेसैगरी फाइट तर्फ भुमिका बलामीले कास्य,इनेश बलामी स्वर्ण,करुण गमाल स्वर्ण,अर्जुन गमाल स्वर्ण,सलिम गमाल स्वर्ण,राज ब्लोन स्वर्ण,निरज योन्जन स्वर्ण,प्राप्त गर्दा सुशील रुम्बा,सौरभ जिम्बा र संगिता मोक्तानले रजत पदक प्राप्त गरे ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी मिना कृष्ण महर्जनले पुरस्कार प्रदान गरेका थिए। जिल्ला कराँते महासंघको आयोजनामा भएको प्रतियोगितामा पेमा लामाको अध्यक्षता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडी थाहाकै करुण गमाल हुन सफल भएका थिए ।
प्रतियोगितामा बिजयी खेलाडी तथा प्रशिक्षक द्वय रोशन बलामी र सम्राट बलामीलाइ नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानले बधाई तथा शुभकामना दिएका थिए।
प्रतिक्रिया दिनुहोस्