मकवानपुर थाहा नगरस्तरीय मेयर कप अन्तरवडा फुटबल प्रतियोगितामा थाहा ३ र ४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेको छ । थाहानगरको इन्द्रायणी चौर खेल मैदानमा भैरहेको प्रतियोगितामा दुई टिम सेमिफाइनलमा प्रवेश गरेको आयोजक ऋषेश्वर ११ फुटबल क्लबका सन्तोष कार्कीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत २३ माघमा ६ र ७ नम्बर वडाबीच भएको प्रतियोगितामा १–० गोल अन्तरले ७ नम्बर वडा विजयी भएको छ । १ र २ नम्बर वडाबीच भएको खेलमा ४–० गोल अन्तरले १ नम्बर वडा विजयी भयो भने ३ र १० नम्बर वडाबीच भएको खेलमा २–० गोल अन्तरले ३ नम्बर वडा विजयी भएको छ ।

२४ माघमा ७ र ८ नम्बर वडाबीच प्रतियोगिता हुनेछ । यि दुई टिमबीचको विजेताले ३ नम्बर वडासंग सेमिफाइनल खेल्नेछन् । त्यस्तै २४ माघमै १ र १२ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । यि दुईबीचको विजेताले सेमिफाइनलमा ४ नम्बर वडासंग भिड्नेछन् । सेमिफाइनल खेल २५ माघमा हुनेछ ।

थाहा नगरपालिकाको आयोजना तथा ऋषेश्वर ११ फुटबल क्लबको व्यवस्थापनमा इन्द्रायणी चौर खेल मैदानमा २२ माघबाट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताका विजयी वडाको टिमले नगद ५० हजार र द्वितीय हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउने छन् । नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउने क्लबका केशब लामाले जानकारी दिए । खेल नकआउटको आधारमा खेलाइने भएको छ ।

पालिका प्रेस
थप जानकारी