मकवानपुर थाहा नगरस्तरीय मेयर कप अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनमा १, ३, ४ र ७ नम्बर वडा भिड्ने भएका छन् । २४ माघमा ८ नम्बर वडालाई पराजित गर्दै ७ नम्बर वडा र १२ नम्बर वडालाई पराजित गर्दै १ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघि थाहा ३ र ४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।
२५ माघमा वडा नम्बर ७ र ३ तथा १ नम्बर वडा र ४ नम्बरवडाबीच फाइनल यात्राका लागि खेल हुने छ । प्रतियोगिताको फाइनल खेल २६ माघमा हुने आयोजक ऋषेश्वर ११ फुटबल क्लबले जानकारी दिएको छ ।
प्रतियोगिताका विजयी वडाको टिमले नगद ५० हजार र द्वितीय हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउने छन् । नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउने क्लबका केशब लामाले जानकारी दिए । खेल नकआउटको आधारमा खेलाइएको छ । थाहा नगरपालिकाको आयोजना तथा ऋषेश्वर ११ फुटबल क्लबको व्यवस्थापनमा इन्द्रायणी चौर खेल मैदानमा २२ माघबाट प्रतियोगिता शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्