लुम्बिनी प्रदेश लोक सेवा आयोगले सहायक स्तर चौथो तह (प्राविधिक/अप्राविधिक)को विज्ञापन आह्वान गरेको छ ।आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूह र उपसमूहका सहायक स्तर चौथो तह (अप्राविधिक/प्राविधिक) पदहरूको खुला तथा समावेशीद्वारा रिक्त पदपूर्ति गर्न विज्ञापन गरेको हो ।
इच्छुक तथा नेपाली नागरिकले आजदेखि फागुन १५ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन २२ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्