मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहका लागि भर्ना आवेदन खुलाएको छ । आगामी नोभेम्बरको लागि विश्वविद्यालयले अप्लाइड साइन्स संकायअन्तर्गत आवेदन माग गरेको हो ।

विद्यावारिधि (पीएचडी) तहका लागि आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी चार विधामा आवेदन खुलाइएको हो । यस्तै स्नातकोत्तर तहमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी तीन विधामा आवेदन खुलेको हो । विद्यावारिधिअन्तर्गत प्रत्येक विधामा २/२ जना र स्नातकोत्तरमा १६÷१६ जनाको आरक्षणमा आवेदन माग गरिएको विश्वविद्यालयका उपप्राध्यापक एवम् जनसम्पर्क संयोजक डा. राजीव सुब्बाले जानकारी दिए ।

विश्व विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले ४ जुलाई (असार २० गते) सम्ममा आवेदन दिन सक्नेछन् । आवेदन दिने विद्यार्थीमध्येबाट लिखित परीक्षा, अनुसन्धानपत्र र अन्र्तवार्ताका आधारमा छनोट गरिने उनले जानकारी दिएका छन् । स्नातकोत्तर तहमा एक सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीका लागि छात्रवृत्ति र शैक्षिक भत्ताको समेत व्यवस्था गरिएको उनले बताए । स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीलाई भने २५ देखि शत् प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनको भनाई छ । जसमध्ये प्रत्येक विधाका दुई÷दुई जना विद्यार्थीले सत्प्रतिशत छात्रवृत्तिसहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ शैक्षिक भत्ता पनि पाउँनेछन् ।

यस्तै विद्यावारिधि तहमा भर्ना हुने सबै विद्यार्थीलाई सत्प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ शैक्षिक भत्ता प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी