थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा खेलाडी सम्मान गरिएको हो ।

संघले दोलखामा सम्पन्न १५औं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुमितो–४२ केजी समूहमा स्वर्ण पदक हाँसिल गर्न सफल थाहा ९ चित्लाङका करुण गमाल र छात्रा तर्फ १०० मिटर र २०० मिटर दौड प्रतियोगितामा स्वर्ण पदक हाँसिल गर्न सफल थाहा नगरपालिका वडा नम्बर १ की दिना गोपालीलाई सम्मान गरिएको हो ।

सम्मानित दुबै जनालाई नगद २ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको प्रतियोगिताका संयोजक सुशान्त श्रेष्ठ (च्याङ) ले जानकारी दिए ।

 

यसअघि ७ असार बिहान थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । ८ असारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले १२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने सेमिीइनलमा पराजित हुने दुईवटा टिमले ६ हजार ५ सय नगद प्राप्त गर्नेछन् । थाहा नगरपालिका–३, क्याम्पाडाँडास्थित कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन समारोहमा उपप्रमुख भरत गोपाली, पालुङ भ्यालीहार्ट एकेडेमीका संस्थापक÷प्रिन्सिपल सुरेन्द्रमान प्रधान, हर्ट हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर अध्यक्ष विमलकुमार ढकाल, फरक सोचका संयोजक यादव जंग रायमाझी, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगिता लिग–कम–नकआउटका आधारमा सञ्चालन गरिने संयोजक सुशान्त श्रेष्ठ (च्याङ) ले बताए।

पालिका प्रेस
थप जानकारी