मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा नचिनेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।

थाहा नगरपालिका वडा नम्बर ६ निवासी ७१ वर्षीय सीताराम महर्जनलाई बज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको सवारी साधनले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका महर्जनलाई प्रारम्भिक उपचारका लागि नजिकैको बज्रबाराही स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा १२ असार साँझ ५ बजे सशस्त्र प्रहरी बल अस्पताल, सतुंगलमा पु¥याउने बित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारीसाधनको नम्बर र प्रकार खुलेको छैन । हाल फरार सवारी चालक तथा सवारीसाधनको पहिचान र खोजी कार्य तीव्र रुपमा भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको पालुङ प्रहरीले बताएको छ ।

पालिका प्रेस
थप जानकारी