त्रिभुवन राजपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. २ शान्ति टोलस्थित उद्योग वाणिज्य संघदेखि लोकप्रिय होटलसम्मका पूर्वतर्फका अस्थायी टहरा हटाउन वडा कार्यालयले सार्वजनिक अनुरोध गरेको छ । वडा कार्यालयले १९ असारमा पत्रकार सम्मेलनको आयोजना गरी सडक पेटी निर्माणका लागि ३ मिटर सडक खाली गराउन सबैले सहयोग गर्न आग्रह गरेको हो ।
२ नम्बर वडाका वडाध्यक्ष विष्णुगोपाल महर्जनले सो क्षेत्रमा रहेका संरचना हटाउन सूचना जारी गर्ने तयारी गरिएको बताए । बजार क्षेत्रमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा पेटीको व्यवस्था हुनुपर्नेमा सो क्षेत्रमा पेटीको अभावमा दुर्घटनाको सम्भावना बढेकाले सडक मिचेर बनेका अस्थायी संरचना हटाई ३ मिटर खाली गर्न सरोकारवालालाई सूचित गरिएको वडाध्यक्ष महर्जनले बताए ।
यो क्षेत्र त्रिभुवन राजपथ अन्तर्गत पनि पर्ने भएकोमा सडक डिभिजनको क्षेत्राधिकारभित्र रहेको, ५० मिटर बिस्तार गर्ने कार्य हाल स्थगित भएको सन्दर्भमा सडक विस्तारको काम ढिला हुने देखिएकोले हाललाई ३ मिटर खाली गराएर सडक पेटी बनाउन लागिएको वडा कार्यालयले जनाएको छ। सडकमा रहेको ढलबाट ३ मिटरभित्र रहेका अस्थायी घर, टहरा र पेटिहरु हटाई व्यवस्थित फुटपाथ निर्माणको कार्यका लागि सहज वातावरण बनाउन वडाध्यक्ष महर्जनले सबैमा आग्रह गरेका छन् ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्