उच्च अदालत पाटन हेटौंडा इजलासले गत आवमा ७२ प्रतिशत मुद्दा फस्र्योट गरेको छ ।

अघिल्लो आवको भन्दा गत आवको मुद्दा फस्र्योटमा ४ प्रतिशतले कमी आएको छ । अघिल्लो आवमा ७६ प्रतिशत मुद्दा फस्र्योट भएको थियो । अघिल्लो आवभन्दा गत आवमा मुद्दाको संख्या बढेकाले मुद्दा फस्र्योटमा कमी आएको उच्च अदालत पाटन हेटौंडा इजलासका एक अधिकृतले बताए ।

हेटौंडा इजलासमा आव ०८१/०८२ मा जिम्मेवारी सरेर आएका सहित १ हजार ७ सय २७ थान मुद्दा दर्ता भएका थिए । तीमध्ये १ हजार २ सय ४७ मुद्दा फस्र्योट गरिएको थियो । अघिल्लो आवमा १ हजार ६ सय १९ थान मुद्दा रहेका थिए । तीमध्ये १ हजार २ सय ४५ फस्र्योट गरिएको थियो ।

चितवन र मकवानपुर कार्य क्षेत्र रहेको उच्च अदालत पाटन हेटौंडा इजलासमा १ वर्ष र २ वर्ष नाघेका मुद्दा शून्य छन् । ७ जना न्यायाधीशको दरबन्दी रहेको उक्त अदालतमा ५ जनामात्रै महिला न्यायाधीश रहेका छन् ।

पालिका प्रेस
थप जानकारी