मकवानपुरको हेटौंडा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई २ दिवसीय स्टिम तालिमको समापन समारोहमा बोल्दै के यू का प्रशिक्षक इन्द्रमणी श्रेष्ठले जनप्रिय माविसंग काठमाण्डौ विश्वविद्यालयको निरन्तर सहकार्य रहने बताएका छन् ।
विद्यालयमा १५ र १६ साउनमा भएको दुई दिवसीय तालिममा काठमाण्डौ विश्वविद्यालयका सहप्राध्यापक इन्द्रमणी श्रेष्ठ र राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख बद्री बहादुर पाठक तथा जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले सहजीकरण गरेका थिए ।
तालिमको समापन सत्रमा शिक्षकहरु सुस्मिता बास्तोला, प्रावि संयोजक युक्तलाल विश्वकर्मा, शिक्षक लक्ष्मी श्रेष्ठ तथा अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले तालिमको उपलब्धीबारे धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयका संपूर्ण शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको प्रधानाध्यापक चौलागाईले बताए ।

















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्