सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित मकवानपुरे गाइज नामको संस्थाले मनहरीस्थित एक परिवारलाई घर निर्माणको लागि आवश्यक सामाग्री सहयोग गरेको छ । गत १४ जेठमा गते ग्यास सिलिन्डर बिस्फोट हुँदा मनहरी गाउँपालिका–२ स्याङ्बो टोलस्थित सुरेन्द्र राईको भान्छाघर र गोठमा पूर्ण क्षति पुगेको थियो । मकवानपुरे गाइजले राई परिवारलाई सहयोग स्वरुप घर निर्माणको लागि आवश्यक निर्माण सामाग्री १६ साउनमा हस्तान्तरण गरेको छ ।
समाजसेवी वीरेन्द्र डिसीको प्रमुख आतिथ्यतामा परिवारलाई निर्माण सामाग्री हस्तान्तरण गरिएको हो । डिसीले सामाग्रीसँगै श्रमदान समेत गरेका छन् । ५ दिनदेखि थालिएको निर्माण कार्य अब केही दिनमा सम्पन्न हुनेछ । ‘ हामीले ५– ६ दिन अघि देखि निर्माण कार्य सुरु गराएका थियौँ । अबको केही दिनमा निर्माण सम्पन्न हुनेछ । त्यसपछि अहिले बस्दै आएको घरलाई गोठ बनाई सुरेन्द्र जीको परिवार यहाँ बस्नुहुनेछ ।, डिसीले जानकारी दिए ।’

पीडित परिवारलाई आफुले सकेको सहयोग गर्न पाउँदा गर्ववान्वित महशुस भएको उनले बताए । उनले आगलागीको घटना भएको केही दिनमै परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएका थिए ।संरचना निर्माणको लागि आवश्यक काठ सामाग्री गौरीशंकर सामूदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको छ । आगलागीबाट भान्छा, गोठसँगै ८ वटा बोकाबाख्रा, १.१ गाइ गोरु जलेका थिए ।
निर्माण सामाग्री हस्तान्तरण कार्यक्रममा मकवानपुरे गाइजका अध्यक्ष आरसी घिमिरे, स्थानीय समाजसेवीहरु ईन्द्रदेव वाईबा, रत्नबहादुर रुम्बा, सूर्य बहादुर भ्लोन, जीवन डिम्डुंग, रवीन्द्र डिम्डुङ्ग, तिलक बहादुर स्याङ्गतान, हिरालाल स्याङ्गतान, सोमबहादुर रुम्बा, लगायतको उपस्थिति थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्