सरकारले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने आधा दर्जन स्थानीय तह घोषणा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती स्थानीय तहको नाम सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गर्ने तीन–तीन नगरपालिका र गाउँपालिका छन् । नगरपालिकामा चितवनको खैरहनी, रुपन्देहीको तिलोत्तमा र धादिङको नीलकण्ठ छन् भने गाउँपालिकामा स्याङ्जाको अर्जुनचौपारी, धादिङको बेनीघाट रोराङ्ग र गुल्मीको रुरुक्षेत्र रहेको छ ।
उत्कृष्ट यी स्थानीय तहलाई मन्त्रालयले सम्मानसमेत गर्ने भएको हो । त्यसका लागि आउँदो शुक्रबार मन्त्रालयमा कार्यक्रम आयोजना गरिँदैछ । कार्यक्रममा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सम्मानसहित स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गर्ने जनाइएको छ ।
स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्र पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार यी पालिकाहरूले राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गरेका हुन् ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्