मकवानपुरको थाहा नगरपालिकामा नगरस्तरीय दोस्रो जेसीज कप डबल मेन्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पालुङ जेसीजको आयोजनामा क्याम्पाडाँडा स्थित कबर्डहलमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता २७ र २८ भाद्रमा हुने पालुङ जेसीज अध्यक्ष माधव कार्कीले जानकारी दिए । प्रतियोगिताको प्रथम पुरस्कार जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले आफ्नो स्वर्गीय हजुरबुबा रणबहादुर रायमाझीको नाममा प्रायोजन गर्ने छन् । खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक र क्रियाशील राखी समाजको समृद्धि र विकासमा सहयोग पुराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पालुङ जेसीज वर्ष २०२५ का महासचिव सुविन्द्रमान प्रधानले बताए।

प्रतियोगितामा टिमको नाम दर्ता गर्न आयोजकले आह्वान गरेका छ । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार र ६ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडिहरुलाई पनि नगद दुई हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। नकआउट माध्यममा खेलाइने खेलको लागि २४ भाद्रसम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ताको लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

पालिका प्रेस
थप जानकारी