मकवानपुर थाहा नगरपालिका–४ की जननिर्वाचित वडा सदस्य शान्ती बिककी १९ वर्षीया छोरी आशिका बिकको उपचारका लागि माओवादी केन्द्र थाहानगरले ४५ हजार १९ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

‎‎कलिलो उमेरमै ब्रेन ट्युमरको समस्या देखिएपछि आशिका बिकको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उपचार खर्च जुटाउन सहयोगका लागि नगर कमिटीले पार्टी सदस्यबाट संकलन गरिएको उक्त रकम आशिकाका पिता विष्णु बिकलाई हस्तान्तरण गरिएको हो।

‎माओवादी केन्द्र थाहा नगर कमिटीले विपतमा परेका नागरिकलाई सक्दो सहयोग गर्दै आएको जनाउँदै आशिकाको स्वास्थ्य लाभको कामना समेत गरेको छ।

पालिका प्रेस
थप जानकारी