विज्ञान शिक्षक समाज नेपाल (स्ट्यान) मकवानपुरको तीनवटा स्थानीय पालिका अधिवेशन भएको छ । बकैया, बागमती र राक्सिराङ पालिकाको अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ ।
बकैया गाउँपालिका अध्यक्ष दुर्गा पराजुलीको सभाध्यक्षता तथा स्ट्यान बागमती प्रदेश सदस्य खेम बिकको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । अधिवेशनमा स्ट्यान मकवानपुर जिल्लासचिव सुवास खनाल तथा स्ट्यान बागमती गाउँपालिका अध्यक्ष मधुसुदन हुमागाईँको विशेष आतिथ्य रहेको थियो । अधिवेशनले प्रभात माविका विज्ञान शिक्षक धनबहादुर लामाको अध्यक्षतामा श्याम यादव उपाध्यक्ष, कल्पना गोले सचिव, राजेन्द्र इटेनी सहसचिव, हीराकाजी जिम्बा कोषाध्यक्ष रहेको २० सदस्यीय कार्यसमिति गठन गरेको छ । त्यसैगरी बागमती गाउँपालिकामा जनता माविका मावि तहका विज्ञान शिक्षक निरेश गौतमको अध्यक्षतामा अनुराज फुँयाल उपाध्यक्ष, सुनिता बजगाईँ सचिव, सजिना थापा सहसचिव, करिना बल कोषाध्यक्ष रहेको १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कार्यक्रममा प्रमुखअतिथि विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनाल र विशेष अतिथिमा स्ट्यान जिल्ला सदस्य दुर्गा पराजुली तथा स्ट्यान बकैया गाउँपालिका अध्यक्ष धनबहादुर लामा रहेका थिए । यसैगरी राक्सिराङ पालिकाको अध्यक्षमा पुरानै अध्यक्ष कृष्णकुमार गुप्ताले निरन्तरता पाएका छन् । उपाध्यक्षमा विनोद यादव तथा सचिवमा मिथुन रुम्बा निर्वाचित भए । स्ट्यान पालिका अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षतामा भएको अधिवेशनमा स्ट्यान मकवानपुर जिल्ला उपाध्यक्ष भरत पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने स्ट्यान हेटौंडा नगर सल्लाहकार रामकृष्ण श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्