मकवानपुरको थाहा नगरपालिका क्षेत्रका सबै बजारहरुमा चहलपहल बढ्न थालेको छ । २३ र २४ भाद्रमा उत्पन्न परिस्थितीका कारण थाहा नगरपालिका क्षेत्रका बजारहरुमा त्रास उत्पन्न भएको थियो । अहिले अवस्था सामान्य बन्दै गएपछि बजारहरु खुल्न थालेका हुन् ।
थाहानगरको शिखरकोट, घर्तिखोला, फाँटबजार, पालुङ, थानाबजार, ओखरबजार, बज्रवाराही, चित्लाङ आग्रा तथा टिष्टुङ क्षेत्रका बजारहरु खुल्न थालेको छ । बजारहरु खुलेसँगै मानिसहरुको चहलपहल बढ्न थालेको छ ।
यसैबीच थाहा नगरपालिकाले २९ भाद्रबाट विद्यालयको पठनपाठन सुचारु गर्ने भएको छ । जेनजी युवाको आन्दोलनका कारण स्थगन भएको पठनपाठन प्रभावित बनेको थियो । थाहा नगरपालिकाले २८ भाद्रमा एक सूचना जारी गर्दै थाहा नगरपालिकाले २९ भाद्रबाट पठनपाठन सुचारु हुने जनाएको हो ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्