मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उप प्रमुख राजेश बानियाँमाथि कुटपिट भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बुद्धचोकका स्थानीय पुरूषोत्तम खड्काले उप प्रमुख बानियाँमाथि कुटपिट गरेका हुन्।

२९ भाद्र बिहान उप प्रमुखमाथि व्यक्तिगत विवादका कारण कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले बताए। ‘व्यक्तिगत विवादले हातपात भएको भनिएको छ,’ एसपी खड्काले भने, ‘स्थानीय पुरूषोत्तमलाई नियन्त्रमा लिएका छौं।’

स्थानीयलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। उनी २०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए।

पालिका प्रेस
थप जानकारी