होटल एशोसियशन मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई २ थान कम्प्युटर, टेबल र प्रिन्टर सहयोग गरेको छ ।
२४ भाद्रमा भएको आगजनीबाट हेटौंडा उपमहानगरपालिका सहित विभिन्न वडामा क्षति पुगेका बेला स्थानीय सरकारको साथमा निजीक्षेत्र समेत रहेको भन्दै होटल एशोसियशन मकवानपुरले सहयोग गरेको अध्यक्ष दिलीश जोशीले बताए । उपमहानगरपालिकाले खरिद ऐन अनुसार सरसामान खरिद प्रक्रिया अघि बढाउँदा सर्वसाधारणलाई सेवा प्रवाहमा ढिला हुनसक्ने भएकाले तत्काल सेवा सुरुगर्ने वातावरण तयार गर्ने आफूहरुले स्थानीय सरकारलाई सहयोग गरेको उनले बताए ।

सहयोग सामग्री बुझ्दै हेटौँडा उपमहानगरप्रमुख मीीनाकुमारी लामाले स्थानीय सरकारलाई संकटका बेला सामाजिक संघसंस्थाले देखाएको आत्मियताले काम गर्ने उर्जा बढेको बताइन् । नागरिकका गुनासा सम्बोधन गर्दै अघि बढ्न जनप्रतिनिधि तयार रहेको उनले बताइन् ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्