जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि सोमबार अपरिचित समूहले आक्रमण गरेको छ ।
कुशे गाउँपालिकाबाट सुर्खेततर्फ जाँदै गर्दा छेडागाड नगरपालिका–५ चंखेली नजिकै अध्यक्ष बस्नेतमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बसन्तप्रसाद शर्माले जानकारी दिएका छन् ।
अध्यक्ष बस्नेतलाई जोगाउने क्रममा कुशे–७ का दिपेन्द्र सिंह र कुशे–४ का नवराज शाही गम्भीर घाइते भएका छन् । दुवै घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई पक्राउ गर्न खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ । घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने सुरक्षाकर्मीहरुले थप सतर्कता अपनाएकाे जनाएका छन्।











































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्