मकवानपुर थाहा नगरपालिकाको पालुङमा स्थानीय सरकारका प्रतिनीधिहरुहरुले वैद्धिक विधि अनुसार दुर्गा भवानीको प्रसाद ग्रहण गरेका छन् । ऐतिहाँसिक साँस्कृतिक शहर पालुङमा जमरासहित १६ असोज विहान टीका प्रसाद ग्रहण गरेका हुन् ।

थाहा नगरपालिका वडा नम्बर २ मा रहेको दशै घर भत्किएपछि वडा कार्यालयमै जमरा राखी फुलपाती भित्र्र्याइएको थियो । १६ असोजको दशैको टिका प्रसाद पनि वडा कार्यालयमै ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । टिका प्रसाद ग्रहणका लागि थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली पुगेका थिए । नगर प्रमुख विष्णु बहादुर विष्ट भने कार्यक्रममा उपस्थित नभएको इन्द्रायणी कालाभैरब गुठी संस्क्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले जानकारी दिए । प्रसाद ग्रहण कार्यक्रममा २ नम्बर वडाध्यक्ष बम बहादुर सिन्तान पनि पुगेका थिए ।

ऐतिहाँसिक छुट्टै राज्यको रुपमा रहेको पालुङ शहरमा धेरै पहिले राज्य प्रमुखले स्थानीयहरुलाई टिका प्रसाद लगाइदिने परम्परा रहेको पनि पछिल्लो समय स्थानीय सरकार प्रमुखहरु आफै टिका प्रसाद ग्रहणका लागि पुग्ने गरेका छन् । उनीहरुले हाल सर्वसाधारणहरुलाई टिका भने लगाउने नगरिएको स्थानीय निरोज प्रधानले जानकारी दिए । पछिल्लो पटक वि.सं. २०७९ को स्थानीय तह निर्वाचन पश्चात् पहिलो वर्ष मात्र नगर प्रमुख विष्णु बहादुर विष्ट पुगेका थिए भने त्यसयता उनी गएका छैनन् ।

पालिका प्रेस
थप जानकारी