मकवानपुर थाहा नगरपालिकामा सञ्चालन हुने नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । थाहानगरको इन्द्रायणी चौरमा हुने प्रतियोगिताको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा नगरपालिका अन्तर्गतका ९ वटा वडाले मात्र भाग लिने भएको प्रतियोगिताको व्यवस्थापक खेलकुद विकास समिति, थाहा नगरपालिका–४ ले जनाएको छ । १२ वटा वडा रहेको थाहानगरका वडा नम्बर ५, ६ र १० ले भाग नलिने भएका छन् । प्रतियोगिता अन्तर्गत उद्घाटन खेल वडा नम्बर १ र ९ बीच हुनेछ । ४ कार्तिकमै दोस्रो खेल वडा नम्बर १२ र वडा नम्बर ७ बीच हुने आयोजकले जनाएको छ ।
थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल ६ मंसिरमा हुनेछ ।















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्