सहरी विकास मन्त्री कुलमान घिसिङले हेटौडा उपमहानगरपालिकामा जेनजी आन्दोलनका क्रममा भएका भौतिक संरचनाको क्षतिको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मन्त्री घिसिङले क्षतिभएका सम्पूर्ण संरचना जलेर नष्ट भएका यातायातका साधन जस्ता अत्यावश्यकीय संरचना र साधन तत्कालै परिपूर्ति गर्न आवश्यक रहेको बताए ।

निरीक्षणको क्रममा उपमहानगर प्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा आर्थिकरुपमा ठूलो क्षति व्यहोर्नु परेको बताउँदै नगरपालिकामा रहेका विभिन्न वडा कार्यालय नगरभित्र रहेका एम्बुलेन्सदेखि सबवाहनसम्म यातायातका साधन जलेर नष्ट भएको जानकारी गराएकी थिइन् । जेनजी आन्दोलनका क्रममा उपमहानगरपालिकामा करिब ३२ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

१८ वटा विभिन्न प्रकारका चारपांग्रे सवारीसाधनमध्ये नौवटा पूर्णरुपमा ध्वस्त भएका थिए भने १७ वटा मोटरसाइकल, तीनवटा स्कुटर, एउटा अटो जलेट नष्ट भए । उपमहानगरका सवारीसाधन पूर्णरुपमा क्षतिग्रस्त हुँदा करिब ६ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

पालिका प्रेस
थप जानकारी