मकवानपुर थाहा नगरपालिकाका कृषि उद्यमी ज्योति रायमाझीले ‘उत्कृष्ट नवउद्यमी सम्मान’ पाएका छन् । थाहा नगरपालिका वडा नम्बर ४ को ज्योति दामन कृषि फार्मका सञ्चालक रायमाझीलाई बागमती प्रदेश सरकारले सम्मान गर्ने भएको छ । प्रदेश सरकारले प्रदेशभित्रका १४ जना उत्कृष्ट नवउद्यमीलाई ९ मंसिरमा सम्मान गर्दैछ ।

११ औँ उद्योग दिवसका अवसरमा ९ मंसिरमा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले प्रदेश भित्र विभिन्न उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने भएको हो ।

प्रदेश सरकारले नुवाकोटको चिया कृषि फर्मका सेल्कर तामाङाई सर्वोत्कृष्ट सम्मान गर्ने भएको छ । त्यस्तै थाहानगरको ज्योति दामनका साथै बनेपाको नमूना एग्रो प्रोडक्स, दोलखाको ग्लेक्सी मौरी फर्म, भक्तपुरको चम्पक पाउँ उद्योग, काठमाडौँको द हाइल्याण्ड आर्ट फेसन डिजाइन एण्ड ट्रेनिङ, सिन्धुपाल्चोकको जौडाँडा ढाका उद्योग र रसुवाको राजेश कृषि तथा पशुपन्छी फर्म उत्कृष्ट फर्ममा छनोटमा परेका छन् । यस्तै उत्कृष्ट फर्ममा छनोटमा परेकामा ललितपुरको स्पेसन पुष्टकारी उद्योग, नुवाकोटको नमुञ्चेत कृषि फर्म, मकवानपुरको ज्योति दामन कृषि फर्म, रामेछापको हिमालयन ह्याण्डीक्राफ्ट एग्रो नेपाली कागज उद्योग, सिन्धुलीको उज्यालो साबुन उद्योग, धादिङको पवित्रा कृषि तथा पशुपन्छी फर्म र भरतपुरको अर्वान नेष्ट बुटिक एण्ड रेन्टल हाउस रहेका छन् ।

मन्त्रालयले प्रदेशभित्र उद्यम सञ्चालन गरी प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने उद्यमीमध्येबाट छनोट गरी उद्योग दिवसका अवसरमा उत्कृष्ट उद्यमीलाई सम्मान गर्दै आएको छ । छनोटमा परेका सर्वोत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ र अन्य १३ जना उत्कृष्ट उद्यमीलाई ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिने मन्त्रालयका उद्योग वाणिज्य महाशाखाप्रमुख महेश पौडेलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी