मकवानपुरको कैलाश गाउँपालिकाका विशेष गरी कक्षा १ देखी ३ कक्षामा अध्यापन गराउने शिक्षकलाई दिइएको एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम समापन भएको छ । पाँच दिनसम्म सञ्चालन भएको तालिम ५ मंसिरबाट सुरु भएको थियो ।
कैलाश ९ मा रहेको कालिका माविमा सञ्चालित तालिम वडा ९ का वडाध्यक्ष भूवन सिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको थियो । तालिममा सहभागी शिक्षकलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थी समक्ष पुर्याउन निर्देशन दिएका छन् । शिक्षकहरुमा पनि समय समयमा ज्ञान सीप प्रदान गरे शिक्षामा सुधार हुने उनले बताए । सिकिएको सीप र ज्ञान कार्यान्वयन गर्नुस, अनि मात्र विद्यार्थी र शिक्षकहरुको पनि व्यवहारमा सुधार रहने छ, उनले भने । तालिम भनेको उर्जा हो, तालिम पश्चात यहाँहरु उर्जावान भएर विद्यालय फर्कन अनुरोध गरेका छन् ।
कानून र अधिकार बाझीँएकाले शिक्षा नीति र ऐनमा केही समस्याहरु छन् त्यसलाई विस्तारै समाधान गर्दै जानुपर्ने अध्यक्ष मुक्तानले बताए । यहाँको विद्यालय, विद्यार्थी र समूदाय जस्तो छ सोही अनुरुप आफुले शिक्षण पेशालाई अघि बढाउनुपर्ने देखिन्छ । कार्यक्रममा वडा अध्यक्ष भूवन सिं घलानले सिकेको सीपलाई जति सक्दो कार्यान्वयन गर्न आग्रह गरेका छन् । अनुगमनमा जाँदा त्यसको प्रभावकारी भएको पाइएन्, प्रतिकुल अवस्थामा पनि यहाँहरुले अनुकुल भएर काम गरिनुपर्ने बताए । उनले विद्यार्थीको भविष्य शिक्षकहरुको हातमा रहेकाले तालिममा सक्दो ज्ञान र सीप सिक्न आग्रह गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले तालिम पश्चात विद्यालयमा कार्यान्वयन गर्नुपर्ने बताए । तालिम पछि ज्ञान र सीप विद्यालयमा देखिनुपर्ने र विद्यार्थीले पनि अनुभव गरिनुपर्नेमा उनले जोड दिए । तालिम पश्चात शिक्षक अनिल धमला र धनकुमारी जोशीले तालिमको अनुभव र सिकेको सीप उपलब्धीमूलक रहेकोले कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।
तालिममा गाउँपालिकाका ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्रावि तहका शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा सविता अधिकारी, विवसजंग थापा र सरस्वती अधिकारीले एकीकृत पाठ्यक्रम सम्बन्धी सहजीकरण गरेका थिए ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्