मकवानपुर थाहा नगरपालिकाको सिमभन्ज्याङमा दोस्रो विश्व ध्यान दिवस मनाएको छ । आरोय थाहानगर स्थापनाको लागि एक कदम भन्ने ध्येयकासाथ सिमभन्ज्याङको बुद्ध पार्कमा दिवस मनाइएको हो ।

कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले ध्यानको माध्यबाट एकाग्रत हुन मद्दत गर्ने बताए । विश्वमै योग ध्यानको महत्व बढ्दै गएको बताउँदै थाहानगरमा पनि यसलाई अभ्यासको रुपमा अघि बढाइएको उल्लेख गरे । सो अवसरमा ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामाले हामी सँधै हिजोको अतित् र भोलिको चिन्तामा बाँचि रहेको सन्दर्भमा योग ध्यानले मानिसलाई तथ्यमा बाँच्न मद्दत गर्ने उल्लेख गरे । सहभागीहरुलाई योग ध्यानको महत्व, नमस्ते प्रणायाम र ध्यानको विषयमा जानकारी गराइएको थियो ।

थाहा नगरपालिकाको आयोजना, ऋषेश्वर क्षेत्र विकास समितिको व्यवस्थापन र थाहा जीवन प्रयोगशालाको सहकार्यमा कार्यक्रम भएको हो । विश्व शान्ति तथा सद्भावका लागि ध्यान भन्ने नाराको साथ मनाइएको दिवस कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामा तथा पदाअधिकारीहरु, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, बजार व्यवस्थापन समितीका पदाअधिकारीहरु, नगर प्रहरी, थाहा जीवन योग प्रयोगशालाका पदाअधिकारीहरुलगायतको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी