मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत ईपाक्षेत्रमा ललितपुरको माल्टास्थित ३३/११ केभी सबस्टेशनबाट विद्युत वितरणकार्य शुभारम्भ गरिएको छ । लगनखेल वितरण केन्द्र प्रमुख जयकुमार यादव तथा पालुङ वितरण केन्द्रप्रमुख दीपेन्द्र बुढाथोकीको उपस्थितिमा विद्युत वितरणकार्य औपचारिकरुपमा सुरु गरिएको हो ।
माल्टा सबस्टेशनबाट विद्युत वितरण सुरु भएसँगै काठमाडौं–तराई मधेश द्रुतमार्ग आसपासका साथै ईपाक्षेत्रका उपभोक्तालाई विद्युत आपूर्तिमा थप सहजता हुने अपेक्षा गरिएको छ । यसले विद्युत आपूर्तिको गुणस्तर सुधार हुनुका साथै लाइन ट्रिपिङ र भोल्टेज समस्यामा पनि कमी आउने बताइएको छ । स्थानीय बासिन्दा तथा सरोकारवालाले लामो समयदेखिको माग पूरा भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
नयाँ सबस्टेशनबाट वितरण सुरु भएपछि द्रुतमार्ग निर्माणकार्य तथा आसपासका बस्तीमा विद्युत आपूर्ति थप भरपर्दो हुने विश्वास लिइएको छ ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्