बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि बागमती–१ स्थित सूर्य माविले जितेको छ । प्रतियोगितामा सूर्य माविले ११ स्वर्ण र १४ रजतसहित आठौँ संस्करणको प्रतियोगिताको पनि उपाधि जितेको हो । सूर्य माविले सातौं संस्करण पनि विजेता विद्यालय हो । प्रतियोगितामा बागमती–५ स्थित देवकी मावि ११ स्वर्ण र १३ रजतसहित द्वितीय र बागमती–८ स्थित जनता मावि ११ स्वर्ण ८ रजतसहित तृतीय भएको छ । तीनैवटै विद्यालयले बराबर स्वर्ण ल्याए पनि रजतको आधारमा सूर्य माविले उपाधि जितेको हो ।
वडा नम्बर २ स्थित बागमती मावि ६ स्वर्ण १ रजतसहित चौथो र वडा नम्बर ९ स्थित बाघभैरव मावि ३ रजतसहित पाँचौ घोषित भएको छ । प्रतियोगितामा देवकी माविबाट सबैभन्दा बढी विद्यार्थीलाई सहभागी गराइएको छ । देवकी माविबाट छात्रा ४९ र छात्र ५२ गरी १ सय १ जना, सूर्य माविबाट छात्र ३३ र छात्रा ३० गरी ६३ जना, जनता माविबाट ४२ छात्र र छात्रा २० गरी ६२ जना, बागमती माविबाट २४ छात्र र ३१ छात्रा ५५ जना र बाघभैरव ३१ छात्र र १३ जना गरी ४४ जना सहभागी भएका थिए । प्रतियोगितामा ह्याट्रिक गर्न सफल देवकी माविका प्रविन र ाई उत्कृष्ट छात्र खेलाडी घोषित भए । उनले देवकीका लागि १ सय मिटर दौड, २ सय मिटर दौड र लङजम्प गरी व्यक्तिगत ३ स्वर्ण दिलाए । सूर्य माविकी सविता मोक्तान ४ सय मिटर, ८ सय मिटर दौड र हाईजम्पमा गरी ३ स्वर्ण जित्दै उत्कृष्ट छात्रा खेलाडी घोषित भइन् ।
बागमती–४, झुरझुरे स्थित सहिदस्मृति रंगशाला सम्पन्न प्रतियोगिता बागमती खेलकुद विकास समिति अध्यक्ष रहरसिंह थिङको सभाध्यक्ष तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, ३ नम्बर का वडाध्यक्ष एवम् सामाजिक विकास संयोजक कमानसिंह पाख्रिन, ४ नम्बरका वडाध्यक्ष दन्तलाल माझी, ५ नम्बर का वडाध्यक्ष विजयकुमार भोलन, शिक्षा शाखाप्रमुख प्रकाश चन्द, मकवानपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, फुटबल प्रशिक्षक मेघराज केसी र बागमती खेलकुद विकास समितिका उपाध्यक्ष वीरबहादुर थिङ ‘मुक्ति’लगायतको उपस्थिति रहेको थियो ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्