हेटौँडामा नयाँ सार्वजनिक मैदान निर्माणको तयारी भईरहेको छ । हेटौँडा–४ स्थित भुटनदेवी माविको पूर्वी क्षेत्रमा खेल मैदान निर्माण गर्न लागिएको हो । विभिन्न खेलहरू फुटबल, भलिवल, क्रिकेट, बाँस्केटबल लगायतको खेलहरू सञ्चालन, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र नियमित व्यायम जस्ता विभिन्न क्रियाकलाप सञ्चालन हुने बहुउदेश्यीय मैदान निर्माण गर्न लागिएको हेटौँडा ४ नं. वडा अध्यक्ष तथा विध्यालय व्यवस्थापनका अध्यक्ष नवीन सिग्देलले बताए ।

तत्काल मैदानको सरसफाई कार्य अगाडि बढाईएको र वडा, उपमहानगरपालिका, प्रदेश, संघीय सरकारको सहयोग जुटाएर सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने उदेश्य रहेको अध्यक्ष सिग्देलले बताए । खेल मैदान निर्माण पश्चात् विभिन्न विध्यालय, क्लबहरूले विभिन्न खेलको आयोजना गर्नसक्ने र संघ, संस्था, संगठन र दलहरूले विध्यालयको नितिभित्र रहेर कार्यक्रम आयोजना गर्न सक्ने विध्यालयका प्रअ सूर्यप्रसाद घिमीरेले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी