सिजन ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर हेटौंडाले १८औँ पटक (१८औं ब्याच) प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । २५ पुसमा हेटौंडामा आयोजित विशेष कार्यक्रममा पार्लरमा तालिम लिएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । सिजन ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर हेटौंडाकै पुरानो र प्रसिद्ध सेन्टर हो ।
प्रमाणपत्र वितरण कार्यक्रमकी प्रमुख अतिथि तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले महिलाहरू उद्यमी बनेको देख्दा खुसी लागेको बताइन् । महिलाहरूमा क्षमता र अवसर भए आफ्नै खुट्टामा उभिएर यस्ता ठूला तथा प्रभावकारी कार्यक्रम गर्न सक्ने उदाहरण आजको कार्यक्रमले प्रस्तुत गरेको उनको भनाइ थियो । अझै पनि पढेलेखेका धेरै महिलाहरू घरभित्र सीमित रहेकाले यस्ता कार्यक्रममार्फत उनीहरूलाई बाहिर ल्याउनुपर्ने आवश्यकता औँल्याइन् ।

कार्यक्रममा विशेष अतिथिका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले महिलाहरू घरभित्र मात्र होइन, समाजलाई सुन्दर बनाउने कार्यमा पनि सक्रिय रहेको बताए । महिलाको सीप, क्षमता र उद्यमशीलता प्रवद्र्धनमा जनप्रतिनिधिका रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले प्रतिवद्धता व्यक्त गरे । सिजन ब्यूटी पार्लरकी सञ्चालक तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यवसायी संगीता श्रेष्ठले विगत २३ वर्षदेखि निरन्तर पार्लर तथा तालिम केन्द्र सञ्चालन गर्दै आएकी छिन् । यस अवधिमा उहाँले सयौँ विद्यार्थीलाई दक्ष ब्यूटिसियनका रूपमा तयार गरिसकेकी छिन् ।

उक्त कार्यक्रममा मकवानपुरमै रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइसकेका विभिन्न ब्यूटिसियनहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । साथै सञ्चालक श्रेष्ठका परिवारजनको पनि सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमको समापनमा आयोजक संगीता श्रेष्ठले यहाँसम्म आइपुग्न र यो उचाइ हासिल गर्न आफ्नो परिवारको निरन्तर साथ, सहयोग र विश्वास महत्वपूर्ण रहेको बताएन् । पारिवारिक सहयोग बिना आजको सफलता सम्भव नहुने उनको भनाइ थियो ।महिला उद्यमशीलता, सीप विकास र आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित सम्पन्न उक्त कार्यक्रमलाई सहभागीहरूले प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्