थाहा नगरपालिका वडा नम्बर थाहा १० विसिङ्खेलको चम्पेश्वर आधारभूत विद्यालयको ६४औँ वार्षिक उत्सव तथा अभिभावक भेला भएको छ । थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यमा १४ माघमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनका लागि तय गरिएका भावी रणनीतिहरूको बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी शिक्षक प्रतिनिधि रामजी उप्रेतीले विद्यालयमा शिक्षकहरूले गरेका शैक्षिक तथा सह–पाठ्यक्रम सम्बन्धी प्रयासहरूबारे भेलामा जानकारी गराएका थिए । वार्षिक उत्सवको अवसरमा शिक्षक सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
पुरस्कारका प्रयोजकहरूमा पूर्व विद्यार्थी बैकुण्ठ थापा (आशिष), रबिन गमाल, नगद पुरस्कारका लागि सुजन गमाल तथा निवर्तमान वडा सदस्य रामकृष्ण गमाल रहेका थिए । कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविना गोपालीले गरेका थिए ।

















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्